आर्थिक अवस्था कमजोर भएका कारण शिक्षकको कुटाइबाट आँखा फुटाइएका बालकलाई उपचार र कानुनी प्रकृयामा जान समस्या खेपेका प्रचापपुर गाउँपालिका-३ का ६ वर्षीया बालक प्रशान्त चौधरीलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रुपन्देहीले कानुनी प्रकृयामा जानका लागि फागुन १५ गते पीडित परिवारलाई भेटि नगद १० हजार रुपियाँ आर्थिक सहयोग गरेको छ । इन्सेक रुपन्देही जिल्ला प्रतिनिधिले राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवालीको रोहवरमा सो रकम पीडित बालकको बुबालाई फागुन १५ गते हस्तान्तरण गर्नुभएको थियो ।
पीडितले आफुलाई प्रतापपु गाउँपालिका ३ घरभई एच पाठशालामा अध्ययापन गराउने शिक्षक १९ वर्षीय सञ्जु चौधरीले बालकलाई हरियो प्लाष्टिकको पाइले झटारो हानी देव्रे आँखा फुटाइदिएर फरार रहेको र बालकको उपचार खर्च समेत नदिएको र पीडित परिवारको आर्थिक अवस्था एकदमै दयनीय भएकोले न्यायिक प्रकृयामा जान र बालकको उपचारमा केही सहयोग मिलोस भनी इन्सेकको पीडित राहत कोष मार्फत आर्थिक सहयोग गरिएको हो । घटनाका आरोपित अहिले फरार छिन् । पीडितको कानुनी प्रकृयामा जानका लागि आवतजावत गर्न र कानुनी शुल्कमा समस्यामा परेको देखेपछि पीडितको निवेदनको आधारमा सहयोग गरिएको थियो ।
पीडितको अवस्था एकदमै कमजोर रहेकोले कानूनी प्रकियामा प्रहरी र अदालत जानआउन र औषधी उपचार गर्न आर्थिक समस्या भएको पीडितले बताएपछि आर्थिक सहयोगको माग गर्दै पीडित बालकका बुवा नरेन्द्र्र चौधरीले इन्सेक रुपन्देहीमा पुस २२ गते सहयोगका लागि अनुरोध गर्दे निवेदन पठाउनुभएको थियो । सहयोग रकम बुझदै पीडित बालकका बुबा चौधरीले दुख परेको वेला यस आर्थि सहयोग गरेकोमा इन्सेकलाई धन्यवाद दिदै आगामी दिनमा पनि अझै सहयोग गरी आफ्नो छोराको न्यायका लागि पहल गरिदिन आग्रह गर्नुभयो ।