INSEC Online

📅 २०८३ जेष्ठ २१

कानुनी प्रकृयामा जानका लागि बलात्कार पीडित बालिकालाई इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भएका कारण बलात्कार पीडित बौद्धिक अपाङ्गता भएकी १५ वर्षीया बालिकालाई इन्सेकले कानुनी प्रकृयामा जानका लागि पुस १६ गते १० हजार रुपियाँ सहयोग गरेको छ ।

इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रीमा बिसीले प्रहरी र पीडित बालिकाको बुबाको रोहवरमा सो रकम हस्तान्तरण गर्नुभएको हो । पीडित पक्षले काभ्रेपलाञ्चोक जिल्ला कुशादेवी गाउँपालिका–७ स्थायी घरभई बुटवल उपमहानपा– १७ रानीगंजका अटो चालक ४० वर्षीय प्रकाश घिमिरेले बलात्कार गरेको भन्दै पुस १३ गते इलाका प्रहरी कार्यालय पिपरामा उजुरी दिएको थियो ।

रीमा बिसी

अन्य

भिडियो