INSEC Online

📅 २०८३ जेष्ठ २१

एकीकृत बस्ती नबन्दा विकास निर्माणमा समस्या आएको सरोकारवालाको गुनासो

भुकम्पपछि बस्ती पुनर्निर्माणको क्रममा छरिएर रहेका बस्तीहरूलाई एकै स्थानमा राखेर पुनर्निर्माणको योजना गर्नुपर्नेमा यसो नगरिँदा विकास योजनाहरू प्रभावित भएको सरोकारवालाहरूले बताएका छन् ।

नीलकण्ठ नगरपालिका–१४ को धुवाकोट भङ्गेरीमा असोज ८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र वडा कार्यालयको आयोजनामा सञ्चालित सार्वजनिक सुनुवाइ कार्यक्रममा सरोकारवालाहरूले यस्तो कुरा बताएका हुन् ।

नीलकण्ठ नगरपालिका–१४ मा पर्ने रिमाल डि अन्तरगत तलबेसीबाट सडक निर्माण भएको र आगामी वर्ष सो सडक पिचसमेत हुने अवस्थामा रहेको जनजाइएको छ । सोही गाउँको माथि पाँच ओटा घरहरू पुनर्निर्माण गरिएकोले सो बस्तीलाई खानेपानी, सडक, विजुलीलगायतका अत्यावश्यक सेवा पुर्‍याउन नसकिने अवस्थामा रहेको र पुर्वाधार विकास गर्ने हो भने बस्ती सार्न भन्दा बढी खर्च गर्नु पर्ने अवस्था आएको पुनरनिर्माण प्राधिकरणका इञ्जिनयर मन्दिप श्रेष्ठले बताए ।

एकीकृत बस्ती नभएका कारण विकास निर्माणका काम गर्न समस्या पर्ने गरेको गाउँबासीको समेत भनाइ छ ।

वडाअध्यक्ष फन्द्रा तामाङको अध्यक्षतामा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा भुकम्प पीडितको घर भत्केर ध्वस्त भएको इञ्जिनियरहरूले पुनः सर्वेसमेत गरिसकेको भएपनि गुनासो समेत सम्बोधन नभएकाहरूको समस्या समाधान गर्न सहभागिहरूले माग गरेका छन् ।

कार्यक्रममा १ सय ४७ जनाको गुनासो सम्बोधन गरी धमाधम सम्झौता भइरहेको जानकारी दिँदै वडा अध्यक्ष तामाङले पहिलो किस्ता लगेर घर नबनाएकाहरूलाई छिटो घर बनाउन अनुरोध गर्दै प्राविधिक मुल्याङ्कन गरी घर निर्माणमा लाग्न गाउँबासीलाई आग्रह गरे ।

photo20180925dhading (1) photo20180925dhading (2) photo20180925dhading (3)

सीताराम अधिकारी

अन्य

भिडियो