स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको सचिवालय इन्सेकले वैशाख ३१ गते हुने निर्वाचनको प्रभावकारी अनुगमनको लागि इन्सेक क्षेत्रीय कार्यलय पोखरामा पर्यवेक्षकहरूलाई वैशाख २९ गते अभिमूखीकरण गरेको छ ।

कार्यक्रममा इन्सेक अन्तर्गत रहेर पर्यवेक्षण गर्नको लागि निर्वाचन आयोगबाट स्वीकृत प्राप्त रिलेक र इन्सेकमा आबद्ध व्यक्तिहरूका लागि निर्वाचन पर्यवेक्षकको काम, कर्तव्य र अधिकारका बारेमा जानकारी गराइएको थियो ।
इन्सेक क्षेत्रीय कार्यालय पोखराका संयोजक शिव खकुरेलले पर्यवेक्षकले पालना गर्नुपर्ने आचारसंहिता र जिम्मेवारीका विषयमा सहभागीलाई जानकारी गराएका थिए ।
स्वच्छ निर्वाचनका लागि नागरिक अभियान अन्तर्गत कास्कीमा ५८ जनाले निर्वाचन पर्यवेक्षण गर्ने भएका छन् ।
सङगीता भाट