INSEC Online

📅 २०८३ जेष्ठ २१

अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द(इन्सेक) खोटाङको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच असार ३ गते अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।

इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि जिल्लामा इन्सेकले सन् २०२२ जनवरीदेखि जुन १५ सम्म ६ महिनाको अवधिमा अभिलेखीकरण गरिएका मानव अधिकारका घटनामा समीक्षा गरिएको हो ।

समीक्षामा इन्सेकले प्रतिनिधिले जिल्लामा ६ महिनाको अवधिमा बाल अधिकार उल्लङ्घनका १० ओटा, महिला अधिकार उल्लङ्घनका आठ ओटा, नागरिक तथा राजनीतिक अधिकारका १६ ओटा घटना सार्वजनिक गर्नु भएको छ ।

समीक्षा कार्यक्रममा इन्सेकले जिल्लामा रहस्यमय मृत्यु घटनामा पीडितलाई न्यायका लागि पहल गर्न आग्रह गर्दै इन्सेकले जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालय र राष्ट्रिय महिला आयोगलाई ज्ञापनपत्र बुझाएको विषयमा सरोकारवालाबिच समीक्षा गरिएको छ ।

स्थानीय तह सदस्य निर्वाचन ०७९ को बेलामा नागरिक तथा राजनीतिक अधिकार उल्लङ्घनका घटना भएकाले त्यसको न्यूनीकरणका लागि सबैले साझा प्रतिवद्धता जनाउन इन्सेकले सरोकारवाला समक्ष आग्रह गरेको छ ।

स्थानीय तहले निमार्ण गर्ने भौतिक संरचना अपाङ्गमैत्री नभएका कारण अपाङ्गता भएका व्यक्तिले सरकारी सेवा प्राप्त गर्न सकस भएको विषयलाई इन्सेकले सरोकारवालाहरूबिच  उठान गरेको छ ।

समीक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकार फणिन्द्र दाहालले  समाज परिवर्तनका लागि जन्मदेखि मुत्युसम्म मानव अधिकार आवश्य भएको र यसको जिम्वारी सरकारको भएको वताउनु भयो । उहाँले मानव अधिकार रक्षाका लागि सरकारको एक्लो प्रयासले मात्र नहुने भएकाले सबैको सहयोग राज्यलाई हुनु पर्ने बताउनु भयो ।

समीक्षा कार्यक्रममा अधिकारकर्मी,पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

अन्य

भिडियो