INSEC Online

📅 २०८३ जेष्ठ २१

मतगणनाका लागि मतपेटिका क्याम्पस राख्दा अध्यापन प्रभावित

प्रतिनिधि सभा र प्ररदेश सभाको मतपेटिका भण्डारण गरिएका कारण गौरिशंकर क्याम्पसको पढाई प्रभावित भएको छ ।

क्याम्पसको मूल भवनमा जिल्लाको मतपेटिका  मङ्सिर ४ गतेदेखि भण्डारण गरिएकोले कक्षा कोठा अभावमा क्याम्पसको पढाई प्रभावित भएको हो ।

क्याम्पसको दुई तल्ला मतगणनाको प्रयोजनका लागि निर्वाचन आयोगले प्रयोग गर्दा कक्षाकोठा अभाव भई पठनपाठन प्रभावित भएको गौरिशंकर क्याम्पसका प्रमुख शान्त केसीले बताउनु भयो ।

कक्षा ११ तथा १२ र स्नातकोत्तर तहको पढाइका लागि जेनतेन कक्षा कोठा पुगे पनि स्नातक तहका लागि भने अपुग भएको उहाँको भनाई छ ।

अझै चार ओटा मतदानस्थानका १० ओटा मतदानकेन्द्रमा मङ्सिर १५ गते मतदान सम्पन्न तय भएको र गणनामा केही समय लाग्ने भएकोले क्याम्पस निकटका विद्यालयमा बिहानको समयमा कक्षा कोठा उपलब्ध गराउन आग्रह गरी पठनपाठन सञ्चालन गर्न प्रयास भइरहेको क्याम्पस प्रमुख केसीले बताउनु भयो ।

अन्य विकल्प हुँदा हुँदै पनि शैक्षिक मतपेटिका भण्डारण गर्नु तथा मत गणना गर्नु उपयुक्त कार्य नभएको क्याम्पसमा अध्ययनरत विद्यार्थीका अभिभावकहूरूको भनाई छ ।

अन्य

भिडियो