INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्र्‍यवहार घटनाका आरोपितलाई एक वर्ष कैद सजायको फैसला

७ वर्षीया बालिकालाई यौन दुर्र्‍यवहार गरेको कसुरमा जिल्ला अदालत कपिलवस्तुले शिवराज नगरपालिका–७ का ५८ वर्षीय पुजारी प्रसाद कुर्मी चौधरीलाई एक वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश दिनबन्धु बरालको चैत ९ गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै एक वर्ष कैद सजाय, १० हजार रुपियाँ जरिबाना, १ लाख रुपियाँ पीडितलाई भराई दिने र ४ सय रुपियाँ पीडित राहत कोषमा दाखिला गर्ने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार अनन्त मरासिनीले जानकारी दिनुभयो ।

आरोपितले पीडितलाई ०८१ कात्तिक २८ गते यौन दुर्र्‍यवहार गरेको भन्दै पीडित पक्षले कात्तिक २८ गते जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा यौन दुर्र्‍यवहार सम्बन्धी कसुरमा उजुरी दिनुभएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक २८ गते नै कपिलवस्तु अस्पताल तौलिहवामा गरिएको छ । प्रहरीले आरोपितलाई कात्तिक २८ गते घरगाउँबाटै गिरफ्तार गरेको थियो ।

 

रीमा बि.सी.

अन्य

भिडियो