३३ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बबरीया गाउँपालिका–३ का ३७ वर्षीय रमण माझीलाई ०८२ पुस ४ गते तीन वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश यामबहादुर बानियाको इजलासले आरोपितलाई कसुरदार ठहर गर्दै तीन वर्ष कैद सजाय र २५ हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति दिने फैसला गरेको श्रेस्तेदार ज्ञानबहादुर खत्रीले जानकारी दिनु भयो ।
आरोपतिले महिलालाई ०८१ बैशाख २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार ४ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएकोे थियो ।
महिलाको स्वास्थ्य परीक्षण ०८१ असार ५ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको थियो ।