INSEC Online

📅 २०८३ जेष्ठ २१

पाँच महिनासम्म पनि पाएनन् अग्नी पीडितले राहत

 शारदा नगरपालिका–१, श्रीनगरको सल्यान महोत्सवका  आगलागी पीडितहरुले पाँच महिनासम्म पनि राहत पाउन सकेका छैनन् । माघ १८ देखि फागुन ४ गतेसम्म भएको आगलागीमा विभिन्न जिल्लाबाट आएका व्यापारीका ८० ओटा व्यापारिक स्टल जलेर पूर्णरूपमा नष्ट भएका थिए । जसबाट ३ करोड बराबरको नोक्सान भएको थियो । तत्कालिन समयमा राहत रकम समेत संकलन गरेको भएता पनि हालसम्म पनि अग्नि पिडितले राहत नपाउनु र आर्थिक प्रतिवदेन पनि सार्वजनिक नहुनु दुःखद् भएको पीडितहरुको गुनासो छ । ‘हामीहरू अझै राहत नपाएर पीडामा छौं । न आयोजक समितिले राहत दिएको छ नत सरकारले,’ आगलागी पीडित दिपक कार्कीले भन्नुभयो, ‘अहिलेसम्म हारगुहार माग्दा पनि कुनै सुनुवाइ भएको छैन ।’ आयोजक संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति सल्यानले माघ २९ गते प्रेस विज्ञप्ति जारी गर्दै पीडित व्यापारीहरूको राहतका लागि सरकार, संघ–संस्था, निकायहरू तथा सर्वसाधारणसँग सहयोगको आह्वान गरेको थियो ।

अन्य

भिडियो