INSEC Online

📅 २०८३ जेष्ठ २१

समानुपातिक उम्मेदवारको गाडीमा आगजनी

नेकपा एमालेको मुस्लिम क्लस्टरतर्फको समानुपातिक उम्मेदवार घोराही उमनपा–१५ की ४३ वर्षीया साजिदा खातुन सिद्धिकीको वा १५ च ८०८० नम्वरको स्कारपियो गाडीमा अज्ञात पक्षले आगजनी गरेको छ ।

घोराहीको साइमन्दिर नजिकै निवासबाहिर पार्किङ गरिराखेको स्कारपियोमा माघ २९ गते राती नचिनेका मान्छेले सिसा तोडफोड गरी इन्जिनमा आगजनी गरेर भागेको प्रहरीले जनाएको छ । छिमेकीले गाडीमा आगो बलिरहेको देखेपछि राती नै आगो निभाएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी दिपक श्रेष्ठले जानकारी दिनुभयो । आगजनीका कारण इञ्जिनमा क्षति पुगेको तर आगो नियन्त्रणमा लिइएकाले पूर्ण क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ । घटनामा झण्डै १० लाखको क्षति भएको पीडित सिद्धिकीले जानकारी दिनुभयो । घटनामा संलग्नको खोजी गरी कारवाहीका लागि पीडित सिद्धिकीले जिल्ला प्रहरी कार्यालय दाङमा फागुन १ गते निवेदन दिएको र घटनाको अनुसन्धान भइरहेको एसपी श्रेष्ठले जानकारी दिनुभयो ।

जयनारायण पुन

अन्य

भिडियो