अदानचुली गाउँपालिका–३ स्थित क्षत्रपाल आधारभूत विद्यालयको भवनमा पहिचान नखुलेको समुहद्धारा आगजानी गरिएको छ । कात्तिक १९ गते रातिको समयमा सो विद्यालयमा पहिचान नखुलेको समुहद्धारा आगो लगाएको हो । विद्यालयमा आगो लगाएपछि विद्यालय पूर्ण रुपमा जलेर नष्ट भएको छ । रातिको समयमा दुई तले भवनको माथिल्लो तलाबाट लागेको आगोले विद्यालय भवन पूर्ण रुपमा जलेर नष्ट भएको डिएसपी शंकर पोखरेलले जानकारी दिनुभयो ।

आगलागीबाट भवन जलेर नष्ट हुनुका साथै सोलार एक सेट, दुई थान ल्यापटप, दुई थान डेस्टप, दुई ओटा प्रिन्टर, दुईवटा दराज लगायतका सामान नष्ट भएको डिएसपी पोखरेलले बताउनु भयो ।
उक्त आगो प्रहरी, सर्वसाधारण, जनप्रतिनिधिहरू मिलेर ढिलोगरी राती नै नियन्त्रण लिइएको थियो । विद्यालय भवनमा भएको आगलागीको सत्य तथ्य अनुसन्धान भइरहेको उहाँले बताउनु भयो । आगो अज्ञात समूहले लगाउन सक्ने प्रहरीले जनाएको छ । भवन आगलागी भएपछि उक्त विद्यालयमा पठनपाठन समेत प्रभावित भएको छ ।