INSEC Online

📅 २०८३ जेष्ठ २१

सिंहदरबारमा एसएलआर बोक्दै लुटपाट र आगजनीमा संलग्न व्यक्ति गिरफ्तार

जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा एसएलआर बोक्दै लुटपाट र आगजनीमा संलग्न भएको आरोपमा ललितपुर महानगरपालिका–१३, कुसुन्तीका ३६ वर्षीय सम्राट भनिने राजु परियारलाई ०८२ असोज ३० गते प्रहरीले गिरफ्तार गरेको छ ।

परियारलाई ललितपुर महानगरपालिका–२६ सुनाकोठीबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ०८२ असोज २९ गते गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवम् एसपी चक्र राज जोशीले जानकारी दिनु भयो ।

परियारले सुरक्षाकर्मीले प्रयोग गर्ने हतियार लुटेर सिंहदरबारको मूलगेटमा प्रदर्शन गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको प्रहरीको भनाइ छ ।

उनीमाथि ज्यान मार्ने, ठगी, अभद्र व्यवहार गरी आठ वटा शीर्षकमा विभिन्न मुद्दा समेत परेका छन् ।

दीपकप्रसाद घिमिरे

अन्य

भिडियो