तुलसीपुर उपमनपा–७ मा स्थित धारापानी सामुदायिक वन समूहको कार्यालयमा अज्ञात पक्षले साउन १७ गते आगजनी गरेको प्रहरीले जनाएको छ ।
बिहान करिब ६ बजेतिर कार्यालयमा आगजनी गरिएको इलाका प्रहरी कार्यालय,तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले इन्सेक प्रतिनिधिसँगको फोन सम्र्पमा बताउनु भयो ।
आगजनीबाट दराजमा राखिएका वन समूहका सम्पूर्ण कागजपत्र नष्ट भएको वन समूहकी अध्यक्ष नन्दा जिसीले जानकारी दिनुभयो ।
डिएसपी सिंहले घटनाको अनुसन्धान भइरहेको बताउनु भयो ।