१५ र १६ वर्षीया दुई बालिकालाई बेचबिखन गर्ने उद्धेश्यले अन्यत्र लैजाँदै गरेको आरोपमा प्रहरीले साल्पा सिलिछो गाउँपालिका-६ दोभानेका १९ वर्षीया सविना राईलाई वैशाख ५ गते खाँदबारी नगरपालिका-२ चेवाबाट गिरफ्तार गरेको छ ।
पीडित बालिकाहरूलाई चेवाबाट गाडी चढाएर तराईतर्फ लैजाने क्रममा गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
आरोपितले ‘मासिक १० हजार तिमीहरूको कमाई हुन्छ’ भनेर फकाएको पीडितहरूले गुनासो गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयमा वैशाख ६ गते बेचबिखन घटनाको उजुरी दर्ता गरेर अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष खड्काले बताए ।