INSEC Online

📅 २०८३ जेष्ठ २१

बेवारिसे बम विष्फोट हुँदा एक बालक घाइते

त्रियुगा नगरपालिका-१३ तरकारी लाइन जाने बाटोमा चैत २८ गते साँझ ५ बजे बेवारिसे बम विष्फोट हुँदा सोही ठाँउका १४ वर्षीय बालक पारस राई घाइते भएका छन् ।

झोलामा राखी सडक छेउमा फालिएको बेवारिसे बम खेलाउने क्रममा विष्फोट हुँदा राई घाइते भएका हुन् । पीडित बालकको पेटमा बमको छर्रा लागेको र जिल्ला अस्पताल बोक्सेमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी नवराज भट्टले बताए ।

बम विष्फोट भएको क्षेत्र एयरपोर्टको विवादित जग्गा भएको क्षेत्र मानिन्छ । सो जग्गाको विषयलाई लिएर केही दिन अघि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले सार्वजनिक जग्गामा मनोमानी नगर्न चेतावनी दिएका थिए । बम विष्फोट गराउने समूहको खोजी भइरहेको उदयपुर प्रहरीले जनाएको छ ।

अन्य

भिडियो