INSEC Online

📅 २०८३ जेष्ठ २२

उद्योगलाई लक्षित गरी ग्यास सिलिण्डर बम विष्फोट, १ करोडको क्षति

त्रियुगा नगरपालिका-७ चुहाडेमा अज्ञात समूहले चैत २५ गते वम विस्फोठन गराउँदा १ करोड बराबरको क्षति भएको छ । बिहान ७ बजेको समयमा जेआईसी शर्मा लामा जेभी क्रसर उद्योगलाई लक्षित गरी उक्त समूहले ग्यास सिलिण्डर बम विष्फोट गराएको हो ।

विष्फोटनबाट क्रसर उद्योगको स्क्रीन मेसिनको कन्वेयर बेल्ट र मोटर जलेर नष्ट भएको छ । घटनाको अनुसन्धान गर्ने क्रममा इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीको टोलीले उद्योगलाई लक्षित गरी राखिएको अर्को सुतली बमसमेत सोही ठाउँबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालयका एसपी नवराज भट्टले जानकारी दिए ।

बम फेला पारे लगत्तै प्रहरीले घेरा हालेर सुरक्षित गरेको थियो । लगत्तै त्रियुगा नगरपालिका-१० बोक्सेस्थित नेपाली सेनाको रणशार्दुल गणको एक टोलीले बम निष्कृय बनाएको एसपी भट्टले जानकारी दिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनास्थल इप्रका जलजलेबाट ५ किलोमिटर उत्तर पर्दछ । उक्त विस्फोटको हालसम्म कुनै पक्षले जिम्मा लिएको छैन ।

अन्य

भिडियो