सात वर्षीया र आठ वर्षीया दुई जना बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भीमदत्त नपा-१० का २६ वर्षीय किसन नाथलाई चैत २२ गते गिरफ्तार गरेको छ ।
पीडित दुवै बालिकालाई आरोपितले चैत २१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन प्रहरीमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर उमाकान्त जोशीले बताए । पीडितद्वयको स्वास्थ्य परीक्षण र उपचार चैत २१ गते महाकाली अञ्चल अस्पतालमा गरिएको छ ।