तोरवाङ गाविस-३ की ३४ वर्षीया गोमा नगरकोटीको हत्या गरेको आरोपमा तोरवाङ गाविस-३ का ३७ वर्षीय पति भुपाल नगरकोटीलाई भदौ १४ गते प्रहरीले गिरफ्तार गरेको जनाएको छ ।
पीडित गोमाको घरमा सुतेको अवस्थामा टाउकोमा धारिलो हतियार प्रहार गरी भदौ १३ गते राति हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सई पर्वत केसीले बताए ।
सई केसीका अनुसार आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको छ । मृतकको शव जिल्ला अस्पताल बिजुवारमा भदौ १४ गते पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।