सुस्तमनस्थितीकी २१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रामगोपालपुर नपा-१ बसबिट्टी बस्ने २५ वर्षीय राजकुमार यादवलाई प्रहरीले चैत १९ गते गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार पीडित महिलालाई आरोपितले चैत ८ गते बलात्कार गरेको जानकारी पाएपछि प्रहरीले नै हस्तक्षेप गरी चैत १७ गते उजुरी ग्रहण गरेको थियो ।
उक्त घटनामा रामगोपालपुर नपा-१ का वडा अध्यक्षले गाउँघरमै मिलाउन खोजेका थिए । तर, घटना सार्वजनिक भएपछि प्रहरीले चैत १७ गते हस्तक्षेप गरी पीडितसँग उजुरी गर्न लगाई अनुसन्धान सरू गरेको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार वडा अध्यक्ष शेख निरालाले ३ लाख रुपियाँको लेनदेन गरेर बलात्कारको घटना मिलाउन खोजेका थिए ।
पीडित पक्षलाई प्रहरीसम्म पुग्न इटहर्वाकट्टी महिला सञ्जालकी अध्यक्ष चन्दु मण्डलले सहयोग गरेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय महोतरीका डिएसपी नबरत्न पौडेलका अनुसार पीडित महिलाको स्वास्थ्य परीक्षण चैत १७ गते नै जिल्ला अस्पताल जलेश्वरमा गरिएको छ ।