INSEC Online

📅 २०८३ जेष्ठ २१

दुई नाबालकको हत्या गरेको घटनाका आरोपित गिरफ्तार

त्रिवेणी गाउँपालिका-२ डाफ्लाका पाँच वर्षीय बालक प्रेम बिक र तीन वर्षीया बालिका बसन्ती बिकलाई हत्या गरेको आरोपमा प्रहरीले २१ वर्षीय काका खड्कबहादुर बिकलाई चैत १९ गते गिरफ्तार गरेको छ ।

आरोपित बिकले दाजु गणेश बिकसँगको झगडाका कारण दुवै नाबालकलाई चैत १९ गते बन्चरो प्रहार गरी हत्या गरेको भन्दै पीडित पक्षले सोही दिन प्रहरी चौकी नुवागाउँमा उजुरी दिएको थियो ।

घटनाका आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी ज्ञानेन्द्रप्रसाद फूयाँलले बताए । दुवै शवको पोष्टमार्टम उपक्षेत्रीय अस्पताल घोराही दाङमा चैत २० गते भएको छ ।

अन्य

भिडियो