बहुविवाह गरेको घटनाका आरोपित महावै गाउँपालिका-६ का २९ वर्षीय भिमवहादुर शाही र सुर्खेत वीरेन्द्रनगर नपा-८ की २२ वर्षीया निर्मला केसीलाई जिल्ला अदालत कालीकोटले कसुरदार ठहर गर्दै एक/एक वर्षकैद र ५ हजार रुपियाँ जरिबानाको फैसला गरेको छ ।
न्यायाधीश कृष्णमुरारी शिवाकोटीको इजलासले वैशाख १४ गते उक्त फैसला गरेको जिल्ला अदालत कालिकोटले जनाएको छ ।
शाहीले ०७४ साउन ३० गते बहुविवाह गरेको भन्दै उनकी जेठी पत्नी २६ वर्षीया श्रद्धा शाहीले साउन ३२ गते जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय कालिकोटले आरोपितमध्ये भिमबहादुरलाई कात्तिक १८ गते गिरफ्तार गरी अदालत पेश गरेकामा जिल्ला अदालतले मङ्सिर २७ गते २५ हजार रुपियाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।