INSEC Online

📅 २०८३ जेष्ठ २१

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई विवाहको नाटक गरेर भारतमा पुर्‍याई बेचबिखनको प्रयास गरेको आरोपमा तीन जना आरोपितलाई इलाका प्रहरी कार्यालय कोहलपुरले चैत १२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई फकाई-फुलाई दुई जना भारतीय नागरिकसँग मिलेर कोहलपुर नपाकी २८ वर्षीया शीतली नेपालीले बेचबिखनको तयारी गरेको प्रहरीको आरोप छ ।

भारत पिलिभितका ३२ वर्षीय सुर्यजीत सिंहसँग मिलेर दुई सन्तानका बावु २२ वर्षीय भारतीय नागरिक सत्नाम ठाकुरसँग बालिकाको विवाह गर्ने भन्दै बालिकालाई फकाएको प्रहरीले जनाएको छ ।

चैत ११ गते बिहान सात बजे चप्परगौडीमा ‘फोटो खिच्न’ भनी बालिकालाई उनीहरूले ल्याएका थिए । चप्परगौडीबाट कोहलपुर, नेपालगञ्ज हुँदै नाका पार गराउने उनीहरूको रणनीति रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । चप्परगौडीबाट बालिका भागेर माइजु कहाँ पुगेर सबै कुरा बताएकी थिइन् ।

इलाका प्रहरी कार्यालय, कोहलपुरले चैत १३ गते पत्रकार सम्मेलन गरेर घटनाको सार्वजनिक गरेको थियो । प्रहरीले नेपाली र दुई भारतीयलाई मानव बेचबिखन तथा ओसारपसारमा मुद्दा चलाएको छ ।

अन्य

भिडियो