INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट घटनाका आरोपित गिरफ्तार

चामुण्डा बिन्द्रासैनी नपा-४ चिमेगाउँकी ३६ वर्षीया डम्बरकुमारी रावतलाई ४० वर्षीय पति सुर्यबहादुर रावतलाई पत्नीको गुप्ताङ्गमा पाइपले घोचेर घाइते बनाएको आरोपमा प्रहरीले चैत ९ गते गिरफ्तार गरेको छ ।

मदिराको उन्मादमा चैत ९ गते पहिले टाउको र ढाडमा कुटपिट गरी बेहोस भएकी पत्नीलाई आरोपितले प्लाष्टिक पाइप पत्नीको गुप्ताङ्गमा कोचेको आरोपमा प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सरोज पौडेलले जानकारी दिए ।

स्थानीय शिक्षिका ललिता थापाको पहलमा पीडित महिलालाई घटनास्थलबाट उद्धार गरी चैत ९ गते राति नै दैलेख जिल्ला अस्पताल पुर्‍याइएको छ । उपचारमा संलग्न स्त्रीरोग विशेषज्ञ डा. निरञ्जन पन्तका अनुसार पीडित महिलाको योनीको बाहिरी भागदेखि करिब ४ इञ्च भित्र पाठेघरमा कडा घाउ लागेको छ ।

प्रारम्भिक उपचारपछि रगत बग्न रोकिएको बताए पनि पीडित महिला ओछ्यानबाट उठ्नबस्न सकेकी छैनन् । माइतीमा कोही नभएकाले अस्पतालमा आफैँले किन्नै पर्ने २-४ सयको औषधि पनि डम्बरकुमारीले किन्न नसकेको गुनासो गरेकी छन् । उनको स्याहार सुसार पनि अस्पतालकै कर्मचारीले गरिरहेका छन् ।

अन्य

भिडियो