डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरको स्काईभेटरमा चैत ५ गते राति अज्ञात समूहले आगजनी गरेको छ ।
गरुडा नगरपालिका-५ स्थित झाझपुल कटहरिया सडक खण्ड निर्माणका लागि गरुडा नपा-५ स्थित लक्ष्मिपुरमा राखिएको डिभिजन सडक कार्यालयको स्काईभेटरमा आगजनी भएको हो ।
आगजनीबाट स्काईभेटरमा पूर्ण रूपमा क्षति भएको छ । स्काईभेटरमा आगजनी गर्ने समूहको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।