INSEC Online

📅 २०८३ जेष्ठ २१

सामूहिक बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

२५ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा बिष्णपुर गाउँपालिका-५ का ३५ वर्षीय जिवछ राम र विष्णपुर गाउँपालिका-३ का २८ वर्षीय इसराइल मियाँविरुद्ध जिल्ला प्रहरी कार्यालयले फागुन २८ गते उजुरी दर्ता गरेको छ ।

पीडित महिलालाई आरोपितद्वयले फागुन २६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले दिएको उजुरी दर्ता गरी कानुनी कारबाही थालिएको जिल्ला प्रहरी कार्यालयका एसपी मुकेशकुमार सिंहले बताए ।

फरार रहेका आरोपितहरूको खोजी कार्य तीव्रताका साथ भइरहेको एसपी सिंहले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा फागुन २७ गते भएको छ ।

अन्य

भिडियो