INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्धार्थनगर नपा-९ कठौतियाका ३५ वर्षीय भुल्लु देवान भन्ने इश्तीखार देवानविरुद्ध उजुरी दर्ता गरेको छ ।

पीडित बालिकालाई फागुन २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले फागुन २७ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएको थियो ।

आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी डिल्लीनारायण पाण्डेले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २७ गते भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो