INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यालयमा तालाबन्दी हुँदा पठनपाठनमा समस्या

छत्रेश्वरि गाउपालिका जयचौरका स्थानीय अभिभावकले लक्ष्मी माविको मुल गेट र अफिसकोठामा ताला लगाएपछि फागुन १७ गतेदेखि पठनपाठन अवरूद्ध भएको छ ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गर्ने विषयमा विवाद भएपछि त्यसयता पठन पाठनमा समस्या आएको कक्षा १० मा अध्ययनरत विद्यार्थी कमला कवरले बताइन् ।

एसइइ आउन केही दिन मात्रै बाँकी रहँदा विद्यालयमा तालाबन्दी हुँदा पठनपाठनमा समस्या भएको विद्यार्थीहरूले बताएका छन । तालाबन्दी भएपछि प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेको नेतृत्वमा फागुन २१ गते ताला खोलिएपनि विद्यालयमा पुनः तालाबन्दी भएको विद्यार्थीहरूले बताएका छन् ।

विद्यालय व्यवस्थापन समिति गठनमा राजनीतिकरण गरिएको विषयलाई लिएर सो ठाँउका अभिभावक दुई समूहमा बाँडिएका छन् ।

फागुन २ गते अभिभावकहरूको पहिलो बैठकले स्थानीय ज्ञानबहादुर खड्काको अध्यक्षतामा विव्यस गठन गरेको र त्यो निर्णयलाई अस्वीकार गरी रूष्ट अभिभावकहरूको समूहले पुनः फागुन ९ गते स्थानीय टेकबहादुर वलीलाई विव्यसको अध्यक्षमा चयन गरेपछि विवाद भएको छत्रेश्वरी गाउँपालिका प्रमुख सन्तोष केसीले बताए ।

ठूला राजनीतिक दलले सो विवादको टुङ्गो नलगाउँदासम्म आफूले यस विषयमा केही पनि गर्न नसक्ने प्रमुख केसीले बताए । जिल्ला शिक्षा अधिकारी देवीप्रसाद सुवेदीले यस समस्याको समाधानका लागि गाँउपालिकाले नै पहल गर्नु पर्ने बताए ।

अन्य

भिडियो