प्रदेश १ स्तरीय मानव अधिकार पत्रकारिता पुरस्कार-०७४ बाट इन्सेक इलाम जिल्ला प्रतिनिधि कोकिला ढकाल पुरस्कृत भएकी छन् ।
इन्सेक प्रतिनिधि ढकाललाई १०८ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा फागुन २४ गते सो पुरस्कार प्रदान गरिएको हो ।
प्रदेशसभा सांसद रामबहादुर रानामगरले ढकाललाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । मानव अधिकार मञ्च नेपालले मानव अधिकार संरक्षणका लागि पत्रकारिताको माध्यमबाट योगदान पुर्याउने प्रदेश १ अन्तर्गत इलामकी ढकाललाई सम्मान गरेको जनाएको छ ।