बहुविवाह गरेको आरोपमा प्रहरीले शुध्द्धोधन गाउँपालिका-६ का २४ वर्षीय फुलचन्द्र लोधलाई फागुन २३ गते आरोपितको घरैबाट गिरफ्तार गरेको छ ।
आरोपित लोधले २२ वर्षीया पत्नी सङ्गिता हुँदाहुँदै शुध्द्धोधन गाउँपालिका-६ कै २० वर्षीया सीता नेपालीलाई फागुन १० गते भगाएर फरार रहेको र फागुन २२ गते साँझ घरमा लिएर आएको भनी पीडित महिलाले फागुन २३ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बहुविवाहसम्बन्धी उजुरी दिएकी थिइन् ।
पीडित महिलाको उजुरीका आधारमा प्रहरीले आरोपितद्वयलाई फागुन २३ गते गिरफ्तार गरी बहुविवाह सम्बन्धी कारवाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी डिल्लीनारायण पाण्डेले बताए ।