INSEC Online

📅 २०८३ जेष्ठ २१

काठमाडौँमै दलित भएका कारण दुई जना पत्रकार घरबाट निकालिए

दलित भएको भन्दै काठमाडौँमा दुई जना पत्रकारलाई घरधनीले घरबाट निकालेको पीडित पक्षको आरोप छ । फागुन २२ गते काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै पत्रकार बिक्रम सुनार र मिलन बिश्वकर्माले घरधनीबाट दलित भएकै कारण दुर्व्यवहार खेप्नुपरेको आरोप लगाएका हुन् ।

उनीहरूले जातीय छुवाछुत तथा कसुर सजाय ऐन-२०६८ अनुसार घरबेटीविरूद्ध कारवाहीको माग समेत गरेका छन् ।

काठमाडौँको थापागाउँ स्थित घरधनी श्यामप्रसाद गौतम र उनकी पत्नी कमला गौतमले दलित भएको भन्दै इमेज च्यानलका पत्रकार सुनार र आर्थिक अभियान दैनिकका बिश्वकर्मालाई घरबाट निकालेका हुन् ।

पत्रकार सम्मेलनमा पत्रकारद्वयले घरधनी गौतम दम्पतीले दुई कोठाको आफूहरूबाट ११ हजार ५ सय रुपियाँ लिनेगरी दिएको बताए । कोठा पाउन समस्या हुने भएकाले आफुहरूले २ हजार ५ सय रुपियाँ अग्रिम भुक्तानीसमेत गरेको उनीहरूले बताए ।

फागुन ५ गते कोठा आफूहरूले लिने सहमति गरेका उनीहरूले फागुन २० गते सर्ने बेला घरधनीले अर्कैलाई सो कोठा दिएको आरोप लगाए । न्यायका लागि उनीहरूले प्रहरीमा उजुरी दिने बताएका छन् ।

अन्य

भिडियो