INSEC Online

📅 २०८३ जेष्ठ २१

मुक्त कमैया तथा कृषकहरु बिच जनप्रतिनिधि विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय र सार्वजनिक सरोकार कानुन व्यवसायी समूहको आयोजना तथा मुक्त कमैया अधिकार संघर्ष समितिको व्यवस्थापन र डिसिएको आर्थिक सहयोगमा “मुक्त कमैया तथा कृषकहरु बीच जनप्रतिनिधि” सार्वजनिक सुनुवाइ कार्यक्रम ०८२ साउन १७ गते बैजनाथ गाउँपालिका बनकटुवामा सम्पन्न भयो । मुक्त कमैया भूमि संघर्ष समितिका अध्यक्ष अग्निया थारुकोे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख आतिथ्यता लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री रत्नबहादुर खत्रीले गर्नु भएको थियो ।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै इन्सेक लुम्बिनी प्रदेश कार्यालयका प्रदेश संयोजक भोला महतले मुक्त कमैयाहरुको बास्तविक समस्या सुन्न र जनप्रतिनिधिहरुलाई सुनाउदै समस्या समाधानका लागि पीडितहरुको घरदैलोमा आइपुगेकोले निर्धक्क भएर आफ्नो समस्याहरू राख्न अनुरोध गर्नु भयो ।

2_ Bhola Mahat_ Coordinator_ INSEC Lumbini Provincial Office

कार्यक्रममा मन्तव्य राख्दै पूर्व मन्त्री रत्नबहादुर खत्रीले मुक्त कमैयाहरुको जग्गा भोगचलनको विषयलाई लुम्बिनी प्रदेश सभामा जोडदार रुपमा उठाउने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले मुक्त कमैयाहरुको समस्या संघीय मन्त्रिपरिषद र प्रधानमन्त्रीसम्म पुर्‍याउने प्रतिबद्धता पनि जनाउनु भयो । साथै, कर लगायतका विषयहरूमा स्थानीय सरकारसँग समन्वय गर्ने, मलखादको समस्या समाधान गर्न उद्योग स्थापना गर्नुपर्ने र मलखादको समस्यालाई पूर्ति गर्न निजी क्षेत्रलाई सहभागी बनाउनु पर्नेमा आफूले दबाब सिर्जना गर्ने बताउनु भयो ।

1 _ Ratna Bahadur Khatri_ Provincial Assembly Member_ Lumbini

सार्वजनिक सरोकार कानुन व्यवसायी समूहका सचिव अधिवक्ता बसन्त गौतमले मुक्त कमैयाहरुले प्राप्त गरेको सम्पत्तीमाथिको पूर्ण अधिकारलाई सुनिश्चित गर्नका लागि उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासमा ०८२ वैशाख २८ गते रिट दायर गरेको र उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले विपक्षको नाममा वैशाख ३० गते अन्तरिम आदेश जारी गरेको र साउन २८ गते पेशी रहेको जानकारी गराउदै आफूहरु मुक्त कमैयाहरुको सम्पत्तीमाथिको पूर्ण अधिकारका लागि कानुनी लडाइँ गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

4_ Freed Kamaiya_ raising issue

कार्यक्रमका सहभागी कलामी थारुले मुक्त कमैयाहरुको मुख्य समस्या जग्गा फुकुवा नहुँदा आफूहरुले धेरै पीडा भोग्नु परेको, जग्गा बैंकमा राखेर ऋण प्राप्त गर्ने अधिकार नपाएको बताउनु भयो ।

7_ Freed Kamaiya

त्यसैगरी, मन्कु थारुले मुक्त कमैयाको जग्गामा अन्य जातिहरुको (बाहिरको मान्छेको) घर बनेको कुरा उजागर गर्दै समस्या समाधानका लागि कति दिनसम्म कता कता धाउने हो भन्दै अनिश्चितता बताउनु भयो ।

8_ Freed Kamaiya_ Raising Fetilizer Issue

कार्यक्रमका सहभागी अम्मरबहादुर वलीले खेतिपातिको समयमा मलखाद पाउन नसकेको भन्दै केही आएको मलखाद पनि पहँुचको भरमा वितरण भइरहेको बताउनु भयो ।

कार्यक्रमका सहभागी राजाराम थारुले मुक्त कमैयाहरुले तिर्ने कर र अन्य जग्गावालाहरुले तिर्ने करको दर एउटै भएकोमा आफुहरु पीडित भएको बताउनु भयो ।

6_ Freed Kamaiya_ sharing the painful situation

कार्यक्रमका सहभागी हरिबहादुर न्यौपानेले मुक्त कमैयाको समस्या धेरै पटक उठाउदा आफुहरु थाकिसकेको बताउदै सबै निकायसँग समन्वय र सहकार्यमा अगाडी बढ्नु पर्ने बताउनु भयो ।

कार्यक्रमका सहभागी फुकी परियारले आफूहरु राज्यबाट हेपिनु परेकोमा निकै दुःखित भएको बताउनु भयो ।

5_ Freed Kamaiya_ sharing the problems

कार्यक्रमको सञ्चालन पत्रकार विरेन्द्र जैशीले गर्नु भएको थियो ।

अन्य

भिडियो