बहुविवाह गरेको आरोपमा प्रहरीले कञ्चन गाउँपालिका-५ गरगरेका २६ वर्षीय राजु शर्मालाई फागुन २० गते आरोपितको घरबाटै गिरफ्तार गरेको छ ।
आरोपित शर्माले पत्नी विनिता हुँदाहुँदै कञ्चन गाउँपालिका-३ धवलागिरी चोककी २३ वर्षीया इन्द्रा भूसाललाई फागुन १४ गते विवाहका लागि लिएर गएको भनी आरोपितकी पत्नी २५ वर्षीया विनिता पौडेल शर्माले फागुन १९ गते ईलाका प्रहरी कार्यालय सालझण्डीमा उजुरी दिएकी थिइन् ।
पीडित महिलाको उजुरीका आधारमा प्रहरीले आरोपितद्धयलाई गिरफ्तार गरि कारवाही अगाडि बढाएको ईलाका प्रहरी कार्यालय सालझण्डीका हवल्दार चन्द्र बहादुर गुरुङ्गले जानकारी दिएका छन् ।