राष्ट्रिय मानव अधिकार आयोगले आफ्ना पूर्व सदस्य रामनगीना सिंहको (वि.सं २०६४ असोज-२०७० भदौ) फागुन २० गतेका दिन आफ्नै निवास सर्लाहीमा भएको असामयिक तथा दुःखद् निधनप्रति शोक व्यक्त गरेको छ ।
यस दुःखद् घडीमा आयोगले शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवङ्गत आत्माको चीर शान्तिको कामना गरेको छ ।
‘स्व. सिंहको सम्मान र सम्झनामा फागुन २१ गते बसेको आयोगको आकस्मिक बैठकले आयोगको केन्द्रीय कार्यालयमा तीन दिनसम्म आयोगको झण्डा आधा झुकाउने, स्व. सिंहको तस्वीर सहित १३ दिनसम्म शोक पुस्तिका राख्ने र १३ औँ दिनको दिन आयोगका सबै कार्यालयहरूमा श्रद्धाञ्जली सभा आयोजना गर्ने निर्णय गरेको छ ।’-आयोगद्वारा जारी शोक वक्तव्यमा उल्लेख छ ।