INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई फागुन १९ गते बलात्कार गरेको आरोपमा प्रहरीले बिर्तामोड नपा-७ का १८ वर्षीय मङ्गल सतारलाई फागुन २० गते गिरफ्तार गरेको छ ।

पीडित पक्षले फागुन २० गते बिहान इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका असई खगेन्द्र डाँगीले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण फागुन २० गते नै मेची अञ्चल अस्पताल भद्रपुरमा गरिएको छ  ।

त्यसैगरी १३ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले कन्काई नपा-४ का ३३ वर्षीय रुद्रबहादुर माझीलाई फागुन १९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले फागुन ५ गते बलत्कार प्रयास गरेको आरोपमा पीडित पक्षले फागुन १९ गते इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २० गते मेची अञ्चल अस्पताल भद्रपुरमा गरिएको छ ।

अन्य

भिडियो