२२ वर्षीया युवतीलाई फागुन १९ गते बलात्कार गरेको आरोपमा प्रहरीले बिर्तामोड नपा-७ का १८ वर्षीय मङ्गल सतारलाई फागुन २० गते गिरफ्तार गरेको छ ।
पीडित पक्षले फागुन २० गते बिहान इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका असई खगेन्द्र डाँगीले बताए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण फागुन २० गते नै मेची अञ्चल अस्पताल भद्रपुरमा गरिएको छ ।
त्यसैगरी १३ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले कन्काई नपा-४ का ३३ वर्षीय रुद्रबहादुर माझीलाई फागुन १९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले फागुन ५ गते बलत्कार प्रयास गरेको आरोपमा पीडित पक्षले फागुन १९ गते इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २० गते मेची अञ्चल अस्पताल भद्रपुरमा गरिएको छ ।