इन्द्रवती गाउँपालिका-९ तिनधाराकी ३८ वर्षीया मैया तामाङलाई आगो फुक्ने फलामको ढुङ्ग्री (डण्डी) प्रहार गरी टाउको फुटाएको आरोपमा प्रहरीले ३० वर्षीय पति रिउटे तामाङलाई फागुन १४ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले घरमा फागुन १३ गते आगो फुक्ने फलामको ढुङ्ग्रीले टाउकोमा प्रहार गरी कुटपिट गरेको पीडितको आरोप छ ।
पीडित महिलाको उपचार चौतारा अस्पतालमा भइरहेको छ । आरोपितविरूद्ध पीडितले फागुन १४ गते इन्सेक जिल्ला प्रतिनिधिको सहयोगमा जिल्ला प्रहरी कार्यालयमा घरेलु हिंसाविरूद्ध उजुरी दिएकी छन् ।
पीडितको टाउकोमा १४ ओटा टाँका लगाइएको छ भने कोखा, ढाडलगायत शरीरका विभिन्न अङ्गमा निलडाम रहेको चौतारा अस्पतालका चिकित्सकको भनाइ छ ।