मेलौली नपाकी १६ वर्षीया लक्ष्मी पार्कीलाई सामूहिक बलात्कार गरी हत्या गरेको आरोपमा जिल्ला अदालत बैतडीले फागुन ८ गते आरोपितहरूलाई जन्मकैद सहित आठ वर्षथप कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालत बैतडीका न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले पाटन नपा-१ का १८ वर्षीय भरतराम लुहारलाई जन्मकैद सहित आठ वर्षथप अर्थात २८ वर्षकैद सजाय सुनाएको छ भने सोही ठाँउका २७ वर्षीय मनोजराम दयाललाई जन्मकैदको सजाय सुनाएको छ ।
गएको साउन ३ गते आरोपित दुवैजनाले पार्कीलाई सामूहिक बलात्कार गरी हत्या गरेको भन्दै पीडितका अविभावकले साउन ९ गते इलाका प्रहरी कार्यालय, पाटन बैतडीमा उजुरी दिएका थिए ।