१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बुढिगङ्गा नपा-७ का ३० वर्षीय चन्द्र विष्ट र २२ वर्षीय शुनिल विकविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यलय बाजुरामा फागुन ५ गते उजुरी दिएको छ ।
पीडित बालिकालाई आरोपितले फागुन ३ गते बलात्कार गरेको पीडित बालिकाका अभिभावकले न्यायको लागी जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएको बताएका छन् ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला स्वास्थ्य कार्यलय बाजुरामा फागुन ४ गते गरिएको छ । जिल्ला प्रहरी कार्यलयका डिएसपी हरिबहादुर ओलीका अनुसार आरोपितलाई फागुन ४ गते नै गिरफ्तार गरी घटनाबारे अनुसन्धान भइरहेको छ ।