INSEC Online

📅 २०८३ जेष्ठ २१

बालयौन दुराचार गरेको कसुरमा पाँच महिना कैदको फैसला

चार वर्षीय बालकलाई बालयौन दुराचार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले फागुन २ गते १४ वर्षीय बालकलाई पाँच महिना कैद गर्ने फैसला गरेको छ ।

पीडित बालकलाई पीडक बालकबाट २१ हजार रुपियाँ क्षतिपूर्ति भराउने आदेश भएको छ । तर, पीडकले पीडितलाई क्षतिपूर्ति दिन नसक्ने भएकाले महिला तथा बालबालिका कार्यालयबाट उक्त रकम उपलब्ध गराउन आदेश भएको छ ।

चार वर्षीय बालकलाई ०७४ जेठ २८ गते १४ वर्षीय बालकले अप्राकृति मैथुन गरेको भन्दै पीडितका आफन्तले थाहा नपास्थित इलाका प्रहरी कार्यालमा जेठ २९ गते उजुरी दिएका थिए । बालयौन दुराचार गरेको आरोपमा प्रहरीले जेठ २९ गते बालकलाई गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो