INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१६ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनरूप नपा-२ का २२ वर्षीय निरजकुमार यादवविरूद्ध माघ २८ गते अपहरण तथा जबरजस्ती करणीको उजुरी दर्ता गरेको छ ।

पीडित बालिकाकी आमाले माघ १४ गते दिएको उजुरी माघ २८ गते दर्ता गरी आरोपितको खोजी सुरू गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ध्रुबकुमार श्रेष्ठले बताए ।

पीडित बालिकालाई आरोपितले माघ ८ गते बलात्कार गरी पुनः काठमाडौं पुर्‍याएर माघ ११ गतेसम्म बलात्कार गरी माघ १३ गते सप्तरीको रूपनी गाउँपालिका-१ स्थित चोकमा छाडी फरार भएको पीडित पक्षले दिएको उजुरीमा उल्लेख छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा माघ १३ गते गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो