INSEC Online

📅 २०८३ जेष्ठ २१

बालबालिकाहरूको संरक्षणको व्यवस्था मिलाउन आग्रह गर्दै ज्ञापनपत्र

अभिभावकको मृत्युपछि एकै परिवारका तीनजना बालबालिका बेसहारा भएकोमा उनीहरूको संरक्षणको लागि पहल गर्न आग्रह गर्दै इन्सेकद्वारा गठन गरिएको मानव अधिकार निगरानी समूह (मानिस) कपिलवस्तुको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई ज्ञापनपत्र बुझाइएको छ ।

photo20180208kapilvastu (1)

बालबालिकाको अवस्थाका बारेमा जानकारी प्राप्त भएपछि जिल्लामा रहेका अधिकारकर्मीहरूले प्रमुख जिल्ला अधिकारीलाई माघ २४ गते ज्ञापनपत्र बुझाउँदै बालबालिकाको संरक्षणका लागि यथाशीघ्र कदम चाल्न आग्रह गरेका छन् ।

बाणगङ्गा नपा-८ उदयपुरका आठ वर्षीय बालक अर्जुन नेपाली, ६ वर्षीया जमुना नेपाली र ६ महिनाकी नाबालिका शिवानी नेपाली आमाबाबुको मृत्युपछि संरक्षण गर्ने नहुँदा सहाराविहीन भएका हुन् ।

photo20180208kapilvastu (2)

जिल्ला मानव अधिकार निगरानी समूहका संयोजक पुष्पा रेग्मी, सदस्य माया ज्ञवाली, माया नेपाली, रामदयाल ठाकुर, पशुपतिमणी त्रिपाठी, मिना चौधरी र सदस्य सचिव तथा इन्सेक जिल्ला प्रतिनिधि नन्दराम पौडेललगायतको अधिकारकर्मीहरूको टोलीले बालबालिकाको पालनपोषण तथा पढ्न पाउने शिक्षाको अधिकारको प्रत्याभुत गराउन प्रमुख जिल्ला अधिकारीसमक्ष माग समेत गरेको छ ।

photo20180208kapilvastu (3)

ज्ञापनपत्र बुझे लगत्तै प्रमुख जिल्ला अधिकारी भुजेलले बाल अधिकारको रक्षा गर्नु राज्यको दायित्व भएको बताउँदै बालबालिकाहरूलाई संरक्षणका लागि पहल गर्ने प्रतिबद्धता जनाउँदै स्थलगत अनुगमनसमेत गरेका छन् ।

photo20180208kapilvastu (4)

नेपालको संविधानले बाल अधिकारअर्न्तगत सहाराविहीन बालबालिकाको संरक्षण गर्नुको साथै शिक्षा, स्वास्थ्यको अधिकार प्रदान गर्ने दायित्व सरकारको रहेको उल्लेख गरेको छ ।

photo20180208kapilvastu (5)

अन्य

भिडियो