INSEC Online

📅 २०८३ जेष्ठ २१

सिमा नाकाबाट एक युवतीको उद्धार

१९ वर्षीया युवतीलाई मानव बेचबिखन गर्ने उद्धेश्यले सिमा पार गराउन लागेको आरोपमा प्रहरीले  माघ २४ गते सिमा नाका कृष्णनगरबाट उद्धार गरेको छ ।

पीडितलाई विभिन्न प्रलोभनमा पारी भारतको बलरामपुरमा जागिर लगाइदिने बहानामा सिमा पार गराउने क्रममा प्रहरीले उनको उद्धार गरिएको इलाका प्रहरी कार्यालय, कृष्णनगरका इन्स्पेक्टर सुवास गैरेले बताए ।

घटनामा संलग्नको पहिचान हुन नसकेको र घटनाका बारेमा अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, कृष्णनगरले जनाएको छ ।

अन्य

भिडियो