बराहताल मानव अधिकार समूहको आयोजनामा ०८२ असार २५ गते सरसफाइ कार्यक्रम बराहताल गाउँपालिकाकाे बड्डीचाैरमा सम्पन्न गरिएको छ । बराहताल गाउँपालिका-५ को सुनद्वारी टोल र बजार टोलको केही भागमा प्लास्टिकजन्य फोहोरहरु भएकोले सरसफाइ गरिएको बराहताल मानव अधिकार संयोजक छविलाल शर्माले बताउनु भयाे । उहाँका अनुसार जनचेतनाको लागि सरसफाइ कार्यक्रम गर्नु आवश्यक भएको हुँदा स्थानीय जनता र स्थानीय सरकारलाई ध्यानाकर्षण गर्नक लागि सरसफाइ कार्यक्रमको आयोजना गरिएको हो ।
फोहोर व्यवस्थापन गर्नलाई पालिकाले डम्पिङसाइड बनाएपनि प्रभावकारी रुपमा सञ्चालन नगर्दा बन्द गरिएको छ। सरसफाइ कार्यक्रममा बराहताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी पुन मगर, ५ नम्बर वडाका अध्यक्ष धिमलाल ज्योल्मी मगर, राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेशका प्रमुख रमेशकुमार थापा, इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदी, मानव अधिकार समूहका सदस्य बड्डीचौर प्रहरी कार्यालयका प्रतिनिधी, बड्डीचौर टोल विकास समिति, सुनद्वारी टोल विकास समिति र इन्सेक कर्णाली प्रदेश कार्यालयका फोकल पर्सन लालिता विक लगायतकाे सहभागीता थियो ।
