INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १० वर्षको कैद र ५० हजार रुपियाँ जरिवाना

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गौशाला नपा-२ का १८ वर्षीय कुमार भुजेललाई जिल्ला अदालत महोत्तरीले १० वर्षको कैद र ५० हजार रुपियाँ जरिवानाको फैसला गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०७३ कात्तिक १६ गते बलात्कार गरेको मुद्दामा जिल्ला अदालत महोत्तरीका न्यायाधीश ब्रजेश प्याकुरेलको बेन्चले माघ २२ गते सो फैसला सुनाएको हो ।

पीडित बालिकाका अभिभावकले दिएको उजुरीका आधारमा ०७३ साल कात्तिक १७ गते इलाका प्रहरी कार्यालय गौशालाले आरोपितलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो ।

अन्य

भिडियो