INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार वर्ष पुस्तकको अर्धवार्षिक समीक्षा सम्पन्न

मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि अर्धवार्षिक समीक्षा कार्यक्रम ०८२ असार १३ गते चौतारामा सम्पन्न भएको छ ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नातिबावु धितालले गत ६ महिना (जनवरीदेखि जुन २०२५) को मानव अधिकारसँग सम्बन्धित घटना प्रस्तुत गरेका थिए । यस अवधिमा ३७ ओटा मानव अधिकारसँग सम्बन्धित घटना भएको उल्लेख गरेका थिए । सजसमा हत्याका दुई, ज्यानमार्ने उद्योग दुई, बाल अधिकारका १२, महिला अधिकारका २० ओटा र लुटपाट तथा तोडफोटक एक ओटा घटना रहेका थिए ।  Photo 2025-06-27 Sindhupalchowk (4)कार्यक्रमका प्रमुख अथिति प्रमुख जिल्ला अधिकारी किरण थापाले मानव अधिकारको संरक्षण सबैपक्ष मिलेर गर्नुपर्ने धारणा व्यक्त गर्नु भयो ।

Photo 2025-06-27 Sindhupalchowk (3)

जिल्ला अदालतका श्रेस्तेदार प्रेमप्रसाद पौड्यालले अदातलबाट पीडितपक्षको मानव अधिकारमा बढी जोड दिएको बताउनु भयो ।

Photo 2025-06-27 Sindhupalchowk (2)

जिल्ला सरकारी वकिल कार्यालयका शान्तिप्रसाद शर्माले अभियोजन व्यक्तिहरुको र पीडित व्यक्तिहरुको अधिकारको सवालमा जिल्ला सरकारी वकिलले सम्वेदनशील भएर अनुसन्धान गर्ने बताउनुभयो ।

Photo 2025-06-27 Sindhupalchowk (1)

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष, गैसस महासंघका सचिव लगायतका नागरिक समाजका प्रतिनिधिहरुले आ—आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा ११ महिला सहित ३२ जनाको उपस्तिति रहेको थियो ।

अन्य

भिडियो