INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार पैरवीले न्याय सम्पादनमा मद्दत

दैलेख । २०८२ असार ९ गते

जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद पाण्डेले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को मानव अधिकार पैरवीको कामले न्याय सम्पादनको काममा समेत मद्दत पुगेको बताउनु भएको छ । इन्सेकले असार ९ गते दैलेख सदरमुकाममा आयोजना गरेको मानव अधिकार वर्ष पुस्तक घटना अभिलेखको अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो ।

साधन श्रोतको अभावमा न्याय सम्पादन कामहरु अपराध अनुसन्धान, अभियोजन र अदालती तहकीकातमा सोचे जति सुधार नआएको उल्लेख गर्दै सामाजिक कुरीति, कुसंस्कार, विभेद, असमानता हटाउन राज्यका निकाय र सामाजिक अगुवाहरुले निरन्तर पहल जरुरी रहेको जिल्ला न्यायाधीश पाण्डेले बताउनुभयो ।

Photo 2025-06-25 Dailekh

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी गणेशबहादुर बरालले प्रहरीेको व्यवहार कुनै ठाउँ असहज लागेमा तत्काल सूचना पाउन सके सुधार गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो । समयमा पाएको सुझावले प्रहरी र समुदायको साझेदारीसंगै शान्ति सुरक्षा प्रभावकारी बन्ने बताउनुभयो ।

Photo 2025-06-25 Dailekh (2)

नेपाल बार एशोसियसन दैलेखका जिल्ला अध्यक्ष प्रेमबहादुर थापाले इन्सेकले अभिलेखीकरण गर्ने घटना वा अरु नागरिक समाजले पैरबी गर्ने सवालहरु तथ्यमा आधारित हुनुपर्ने सुझाव दिनुभयो । गैसस महासंघ दैलेखका जिल्ला अध्यक्ष डिलकुमारी चन्दको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा जिल्ला न्यायाधिवक्ता द्रोणदत्त पौडेल, गैसस महासंघका केन्द्रीय सदस्य हीरासिंह थापा, नेपाल पत्रकार महासंघ दैलेखका दोश्रो कार्यकालका अध्यक्ष कमल शर्मा, बाल हेल्पलाइनका कार्यक्रम संयोजक रमा श्रेष्ठ लगायतले वर्ष पुस्तक घटना र मानव अधिकार सवालमा धारणा राख्नुभएको थियो ।

Photo 2025-06-25 Dailekh (3)

त्यसबखत इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले सन् २०२५ को जनवरीदेखि ६ महिना अवधिमा ४९ वटा घटना अलिलेखकरण गरिएकोमा ६८ जना पीडित रहेको जानकारी दिनुभयो ।

विवरण अनुसार सबै भन्दा धेरै १४ बालिका बलात्कार, १२ घरेलु हिंसा, ८ बहविवाह, ४ व्यक्ति हत्या, ४ अभद्र व्यवहार, आत्महत्या दुरुत्साहन, २ बाल यौन दुव्र्यवहार र एउटा अपराधिक उपद्रो समेत ४९ घटना अलिलेखीकरण गरिएको इन्सेक जिल्ला प्रतिनिधि सुनारले जानकारी दिनुभयो ।

अन्य

भिडियो