INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम ०८२ असार ९ गते जिल्ला सदरमुकाम खलंगामा सम्पन्न भएको छ ।

इन्सेक जिल्ला प्रतिनिधिले सन् २०२५ जनवरीदेखि जुनसम्म अभिलेख गरेका मानव अधिकारसँग सम्बन्धित आठ ओटा घटनाहरु समीक्षा कार्यक्रममा प्रस्तुत गरेका थिए । जिल्लाका आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार तथा स्वास्थ्यको अधिकारका सवालमा छलफल गरिएको थियो । उहाँले सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड दुई, बलात्कारका दुई, बहुविवाह एक, राज्यपक्षबाट कुटपिट एक, अन्यपक्षबाट कुटपिट एक र जातीय विभेदका एक ओटा गरी आठ ओटा घटना रहेका छन् ।

Photo 2025-06-24 Jumla-01

जिल्ला अदालत जुम्लाका श्रेस्तेदारले मानव अधिकार सम्बन्धी गम्भीर सवालहरु इन्सेकले उठान गरेको भएता पनि कतिपय छुटेका सवालहरु वर्ष पुस्तकमा समावेश गर्न सुझाव दिनु भयो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक रविन बाबु रेग्मीले इन्सेकले अभिलेख गरेको प्रहरीले कुटपिट गरेको घटना जिल्ला प्रहरी कार्यालयमा अभिलेख नरहेको बताउनु भयो । उहाँले भन्नुभयो प्रहरीलाई आरोप आएपनि हाम्रो नियन्त्रणमा रहेका कुनै पनि व्यक्तिलाई कुटपिट गर्ने गरिएको छैन । मानव अधिकारमैत्री व्यवहार गर्ने गरेका छौँ ।

Photo 2025-06-24 Jumla

नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष पूर्णलाल खत्रीका अनुसार गाउँ समाजका घटना धेरैजसो न्यायिक निकायसम्म पुगेका हुँदैनन् । त्यस्ता घटनालाई पनि अभिलेख गर्न आवश्यक देखिएको छ ।

अन्य

भिडियो