INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि अर्धवार्षिक समीक्षा कार्यक्रम ०८२ असार ५ गते प्यूठानमा सम्पन्न भएको छ ।

कार्यक्रममा सन् २०२५ को जनवरी देखि जुनसम्म सङ्कलन गरिएका २७ ओटा मानव अधिकार उल्लङघनका घटनाहरुको अभिलेख इन्सेकले गरेको समीक्षा कार्यक्रममा प्रस्तुत गरिएको छ । जसमा बाल अधिकारका घटनामा बलात्कार पाँच, महिला अधिकारका घटनामा बलात्कार दुई ओटा, हत्याका दूई ओटा र घरेलु हिंसाका १८ ओटा गरी २७ ओटा घटनाहरु रहेका छन् ।

Photo 2025-06-20 Pyuthan (1) प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमा जिल्ला प्रहरी कार्यालयका डिएसपी, दिपेश वस्याल, अधिकारकर्मी पत्रकारहरुको उपस्थति रहेको थियो । कर्यक्रममा भनाइ राख्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक राज्यलाई जवाफदेही बनाउने एउटा महत्वपूर्ण दस्तावेजका रुपमा रहदै आएको र संस्थाले काम गर्ने क्षेत्रलाई अझ फराकिलो बनाउदै लैजान सल्लाह दिनुभयो ।

Photo 2025-06-20 Pyuthan (2)

इन्सेकले सङ्कलन तथ्य तथ्याङ्कको विषयमा संस्था संवेदनशील रहँदै आएको र लामो समयदेखि सहकार्य समन्वय गर्दै आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी दिपेश बस्यालले बताउनु भयो । इन्सेकले समग्र मानव अधिकारको क्षेत्रमा काम गर्ने भएकाले राज्यलाई मानव अधिकारका विषयमा उत्तरदायी बनाउन मानव अधिकार हनन्का विषयहरुलाई उठान गरी सरकारलाई सचेत गराउन स्थानीय तहरुमा पनि कार्यक्रम सञ्चालन गर्नुपर्ने कार्यक्रममा उपस्थित अधिकारकर्मी , पत्रकारहरुले धारणा राखेका थिए ।

अन्य

भिडियो