INSEC Online

📅 २०८३ जेष्ठ २१

कानुनी प्रक्रियामा जानका लागि इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भई कानुनी प्रक्रियामा जान समस्यामा परेकी  वीरेन्द्रनगर नगरपालिका–१३ घर भई चिङ्गाड गाउँपालिका-१ रजेना बस्दै आउनु भएकी  २२ वर्षीया छत्रकला पुन मगरलाई इन्सेक कर्णाली प्रदेश कार्यालयले कानुनी प्रक्रियामा जानका लागि ०८२ असार ३ गते १० हजार रुपियाँ सहयोग गरेको छ ।
उहाँका पति गणेश सार्की वाैडेलले घर निकाला गरेपछि सम्बन्ध विच्छेद गर्नका लागि जिल्ला अदालतमा मुद्दा दर्ताका लागि सहयाेग पाउँ भन्दै ०८२ जेठ २८ गते पीडितले इन्सेकमा निवेदन दिनुभएको थियो । जेठ २९ गते बसेको सचिवालय बैठकले उनलाई १० हजार रुपियाँ दिने निर्णय गरेको थियो । अदालतमा आउँदा जाँदा यातयात, फोटोकपी र अदालती शुल्क तिर्न सहज होस् भन्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको इन्सेकको कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले बताउनु भयो ।

अन्य

भिडियो