इन्सेकको आयोजनामा नेपाल मानव अधिकार वर्र्ष पुस्तक २०२६ प्रकाशनपूर्व अर्धवार्र्र्र्र्षिक समीक्षा कार्याक्रम ०८२ जेठ २७ गते जिल्ला प्रशासन कार्यालयको सभा कक्षमा सम्पन्नभएको छ ।
समीक्षा कार्यक्रममा जिल्लामा मानव अधिकारको अवस्था र विभिन्न घटनाको बारेमा छलफल गरिएको थियो । इन्सेक बाजृुरा प्रतिनिधि पदमबहादुर सिंहले नेपाल मानव अधिकार वर्र्ष पुस्तकका लागि जिल्लामा संकलन गरिएका घटनाहरु प्रस्तुत गर्नुभएको थियो भने प्रस्तुतीपश्चात जिल्लाको मानव मानव अधिकारीको अवस्थाका बारेमा छलफल गरिनुको साथै सुझावहरु संकलिन गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय, बाजुराका डिएसपी इकवाल हवारीले इन्सेकले मानव अधिकारका पक्षमा वकालत तथा पैरवी गर्दै आएको बताउनु भयो । प्रहरीले पनि मानव अधिकार संरक्षणको क्षेत्रमा संवेदनशिल भएर काम गर्दै आएको र इन्सेकसँगको समन्वयमा मानव अधिकार प्रवर्धनका कामहरु भइरहेको उहाँले बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले नागरिकहरुका आधारभूत अधिकारहरुको संरक्षणका लागि सबै पक्षले सयुक्त रुपमा काम गर्न आवश्यक रहेको बताउदै जिल्लामा अहिले पनि थुप्रै समस्याहरु देखापरेको बताउनु भयो ।
जिल्ला कारागार भवन जीर्ण अवस्थामा रहदा कैदीबन्दीहरुले सास्ती खेप्नुपरेकोले, महिला कैदीबन्दीहरुका लागि कारागार नहुँदा अन्य जिल्ला पठाउनु पर्ने समस्या रहेकोले सुविधा सम्पन्न कारागार भवन निर्माण तथा सञ्चालनका लागि पहल गरिएको भए पनि समाधान हुन नसकेको उहाँले बताउनु भयो ।

नेपाल मानव अधिकार वर्ष पुस्तकमा समेटिने घटनाहरु तथ्यपरक हुनु पर्ने र प्रहरी तथा सम्बन्धीत निकायहरुस्ाँग समन्वय गरेर सूचना संकलन गरी प्रकाशन गर्दा वर्ष पुस्तकको विश्वासनीयता बढ्ने प्रमुख जिल्ला अधिकारी पाध्यले बताउनु भयो ।
इन्सेक बाजुरा प्रतिनिधि पदमबहादुर सिंहले जिल्लामा सन् २०२५ जनवरीदेखि जुनसम्म संकलित बलात्कारबाट पीडित तीन जना, हिरासतमा मृत्यु एक जना, घरेलु हिंसाबाट पीडित नौ जना र बहुविवाहबाट दुई जना गरी १५ जना पीडितभएको तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो ।
